Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

Wednesday, June 23, 2010

जन्डिस् पिउषभर्षी औषधालय र आयुर्वेदीक औषधालायको औषधी प्रयोग गरेर मात्र ठिक हुन्छ भन्ने भ्रम नपालौ

"जन्डिस निको पार्छु भनेर जडीबुटी भिडाउनेलाई पनि आफूले दिएको औषधिले के गर्छ भन्ने थाहा नहुन सक्छ !!!" -अर्जुन पौडेल

जन्डिसको वारेमा नेपालमा पाईने विभिन्न गलत धारणाहरु चिर्नको लागि यी विशेसज्ञहरुको राय यहाँ संकलन गरिएको छ । जन्डिस रोग होईन र   यो पिउषभर्षी औषधालायको औषधी प्रयोग गरेर वा नरदेवीको आयुर्वेदीक औषधालायमा महिनौ वसेर  मात्र ठिक हुन्छ भन्ने भ्रम नपाल्न सहयोगी हुनेछ भन्ने आशा छ है ।  


Jaundiced? Beware of some myths - SUMINA KARKI

Ayurvedic treatment for jaundice in Nepal - Durkin, Maureen, Columbia University, Sergievsky Center, New York

जन्डिस सम्बन्धी जानाकारी   - डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)

वर्षायाममा जन्डिस  -  डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)

हेपाटाइटिस 'ई' र जन्डिस - डा. सुधांशु केसी (लेखक नर्भिक हस्पिटल, थापाथलीका कलेजो रोग विशेषज्ञ हुन्।)

जन्डिस रोग होइन ! -अर्जुन पौडेल

Few other resources: 

What is Jaundice?

http://www.labtestsonline.org/understanding/conditions/jaundice.html

http://www.medicinenet.com/jaundice/symptoms.htm

http://en.wikipedia.org/wiki/Jaundice

Jaundice - yellow skin - Overview

Tuesday, May 19, 2009

नटुटेको भ्रमको पत्थर

[I have a 4.5 mm stone in my right kidney. I guess this article is useful for all the patients having kidney stone. So, I have copied and pasted already published article (without permission) by Dr. Premraj Gwawali. My apology for pasting here without author/publisher's permission.]

मिर्गौलामा हुने पत्थरीबारे धेरैमा भ्रम छ र यसमा कतिपय चिकित्सक र स्वास्थ्यकर्मीहरूको पनि हात छ।

डा. प्रेमराज ज्ञवाली

आम जनमानसमा मिर्गौलामा हुने पत्थर औषधिले गाल्छ, गहतको झोलले पगाल्छ, बियर धेरै पिएमा निस्किन्छ, अपरेसन (चिरफार) गरेर ननिकाले फेरि पलाउँछ भन्ने भ्रम छ। बिरामी, तिनका आफन्त वा जान्ने-सुन्ने हरूले फैलाउने यस्ता भ्रममा चिकित्सक र स्वास्थ्यकर्मीले पनि बल पुर्‍याएका छन्। पिसाबरोग विशेषज्ञ युरोलजिष्ट बाहेकका कतिपय चिकित्सकहरू सोझ्ै चिरफार गर्ने या औषधि दिने गर्दछन् भने युरोलजिष्टमध्ये पनि उपचारका पछिल्ला विधि र प्रविधि नजान्ने वा प्रयोग नगर्ने केहीले आफूले गर्ने उपचार मात्रै ठीक र अरूको काम नलाग्ने भनेर भ्रममा पार्दछन्। औषधि दिनेमा आयुर्वेद, होमियोप्याथी आदि परम्परागत औषधि-उपचार गर्नेहरू पनि छन्।

मिर्गौलाको पत्थरीलाई कुनै औषधि, खाद्य वा पेयले गाल्दैन। यो जसरी निकाले पनि पाँच वर्षमा ५० प्रतिशत र २० वर्षमा ८० प्रतिशत बिरामीलाई फेरि हुनसक्छ। मिर्गौलाको पत्थरको उपचार त्यसको आकार, बनोट, स्थान र त्यसले मिर्गौलामा पार्ने असरमा भर पर्दछ। मिर्गौला र यसबाट पिसाब थैलीमा आउने नली यूरेटर मा हुने पत्थर ५ मिमिभन्दा सानो छ भने ९५ प्रतिशतको पाँच हप्ताभित्र आफैं निस्केर जानसक्छ। यस्तो पत्थरलाई केही नदुख्ने औषधि र प्रशस्त पानी वा झोल खाएर उफ्रिएमा पिसाबले धकेलेर निकाल्न सक्छ। पत्थरी भएका बिरामीले त्यसै पनि २४ घण्टामा दुई लिटरभन्दा बढी पिसाब हुनेगरी पानी वा झ्ोल पिउनुपर्दछ। गहत र बियरले पनि उही झ्ोल पदार्थले जति मात्रै काम गर्ने हो। गहतको झोल त हानिकारक नहुनाले जति पनि पिउन सकिएला, तर बियर त्यसरी पिउनुअघि त्यसले गर्ने अरू हानिबारे सचेत हुनुपर्छ।
 
पिसाबबाट आफैं निस्किन नसक्ने पाँच मिमिभन्दा ठूलो आकारका पत्थरले धेरै दुखाउने र छिटै मिर्गौला बिगार्न सक्ने हुनाले मिर्गौलाभित्र र युरेटरको माथिल्लो भागमा हुने त्यस्तो पत्थरलाई विशेष प्रकारको प्रविधि र मेशिनले फुटाएर निकालिन्छ। यसो गर्दा पत्थरको आकार १.५ सेमिभन्दा सानो छ भने बिरामीलाई अस्पताल भर्ना समेत नगरी शरीर बाहिरैबाट फोर्न सकिने इएसडब्लयूएल प्रविधिबाट सानो-सानो टुक्रा पारेर पिसाबबाट निकालिन्छ। पत्थर १.५ सेमिभन्दा ठूलो छ भने अस्पतालमा दुई-तीन दिन राखेर पीसीएनएल भन्ने प्रविधिबाट कोखाको पछाडिपट्टि करिब एक सेमिको प्वाल बनाई मिर्गौला भित्र पठाइने मेशिनको सहायताले फुटाएर बाहिर निकालिन्छ। युरेटरको तल्लो भागमा हुने पत्थरलाई चाहिँ पिसाब निस्किने प्राकृतिक बाटोबाट कुनै घाउ नपारी टेलिस्कोप छिराएर फुटाई त्यही उपकरण वा पिसाबबाट बाहिर निकालिन्छ।

मिर्गौलामा हुने पत्थर बाहिरबाटै वा शरीरमा सानो प्वाल मात्रै पारेर फुटाई निकाल्न सकिने भएकोले हिजोआज अपरेसन भन्दा यही उपचार विधि बढी चल्न थालेको छ। तर नेपालमा सरकारी अस्पतालमध्ये त्रिवि शिक्षण अस्पतालमा मात्रै भर्खरै शुरु भएको यो उपचार सेवा त्यति व्यापक हुनसकेको छैन। केही निजी अस्पतालले रु.३० हजारसम्ममा गर्ने यो उपचार सामान्य अपरेसनमा हुने खर्च (रु.२० हजार) भन्दा केही महङ्गो अवश्य छ; तर अपरेसनपछि ठीक हुन महिना दिन पूरा आराम गर्नुपर्ने, यसबाट ८-१० दिनमै स्वस्थ भएर सामान्य जीवनमा फर्किन सकिने हुनाले अन्ततः कमै खर्चिलो हुनजान्छ।

मिर्गौलाको पत्थर धेरै मानिसमा फेरि बन्न सक्ने भएकोले पनि सम्भव भएसम्म चिरफार नगरी निकाल्नु राम्रो मानिन्छ। 
मिर्गौलाको पत्थरी शताब्दियौंदेखि मानिसहरूमा हुँदै आएको रोग हो। अचानक पेट दुखेर अस्पतालका आकस्मिक कक्षमा आउने बिरामीमध्ये १०-१५ प्रतिशतमा यो भेटिन्छ। पत्थरी भएको मिर्गौलाले शरीरमा जम्मा हुने बढी पानी र अन्य अनावश्यक पदार्थलाई राम्रोसँग सफा गर्न सक्दैन, र त्यस्तो मिर्गौला आफैं कामै नलाग्नेसम्म हुनसक्छ। पत्थरीका कारण मिर्गौला बिग्रेको, डायलाइसिस वा प्रत्यारोपणजस्ता जटिल र अत्यन्त खर्चिला उपचारमा बस्नुपरेको वा सङ्क्रमण भएर बिरामीको ज्यानै गएको उदाहरण धेरै भेटिन्छन्।

सहप्राध्यापक-युरोलजिष्ट डा. ज्ञवाली त्रिवि शिक्षण अस्पताल तथा मेडिकेयर नेशनल हस्पिटलसँग सम्बद्ध छन्।